म अहिले राजीनामा दिन्नँ : प्रधानमन्त्री ओली « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

म अहिले राजीनामा दिन्नँ : प्रधानमन्त्री ओली


१९ कार्तिक २०७७, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट अहिले राजीनामा नदिने बताएका छन्।

बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै उनले आफूले अहिले राजीनामा दिनु देश बर्बादीतिर जान दिनु भएको भन्दै राजीनामा नदिने बताएका हुन् ।

उनले भने, ‘सञ्चारमाध्यमहरूमा हल्ला फैलाइन्छ, प्रधानमन्त्री राजीनामा दिन पस्यो, तर तपाईंहरू विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ?’

उनले अहिले आफूले राजीनामा दिन नमिल्ने बताए । उनले भने, ‘मैले अहिले राजीनामा दिन मिल्छ ? अहिले राजीनामा दिनु भनेको बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन।’

उनले जनताकको आवश्यकताले आफू प्रधानमन्त्री भएको बताउँदै व्यापक जनसमर्थनबाट यो ठाउँमा आइपुगेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस