बौद्धबाट पक्राउ परे पुण्य गौतम « प्रशासन
Logo १२ माघ २०७८, बुधबार
   

बौद्धबाट पक्राउ परे पुण्य गौतम


१९ कार्तिक २०७७, बुधबार


साँखु । शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो ।

गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

गौतमलाई आज अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस