सहसचिव तथा उपसचिव दिग्दर्शन बजारमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सहसचिव तथा उपसचिव दिग्दर्शन बजारमा


१९ कार्तिक २०७७, बुधबार


काठमाडौँ । सहसचिव तथा उपसचिवको तयारीमा रहेका प्रतिस्प्रर्धीकालागि बजारमा नयाँ खुराक आइपुगेको छ । पछिल्लो पाठ्यक्रममा आधारित रहेर डा. टोकराज पाण्डेद्वारा तयार पारिएको पुस्तकमा मामिलाको उठान र मामिला अनुसार सम्भाव्य नमुना प्रश्नोत्तर समावेश गरिएको छ ।

पुस्तकमा सहसचिवको मामिला विश्लेषण तर्फ २५ नम्बरका नमुना प्रश्न र तिनका उत्तरहरू रहेका छन् । उपसचिव तर्फ १५ नम्बरका सैद्धान्तिक विश्लेषणात्मक नमुना प्रश्नहरूको उत्तर, २० नम्बरको समस्या समाधानका नमुना प्रश्न र उत्तर तथा मामिला विश्लेषण तर्फ २५ नम्बरका प्रश्न र उत्तर रहेका छन् । पुस्तकमा सबै प्रश्न र उत्तरहरू तोकिएकै समयमा लेख्न सकिने गरी निर्धारित फरम्याटमा तयार पारिएको छ ।

‘सिम्प्लीसिटी इज द वेष्ट’ भन्ने मान्यतामा लेखिएकाले पढ्न, बुझ्न र त्यसै अनुसार परीक्षामा लेख्न समेत सहज हुने गरी पुस्तक तयार भएको छ । विगतमा पनि डा. पाण्डेद्वारा फरम्याटका आधारमा लेखिएका पुस्तकका कारण उत्तीर्ण गर्न सहज भएको विगतका सहसचिव तथा उपसचिवको परीक्षामा सफल भएकाहरू बताउँछन् ।

शंखमुल स्थित चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टको भगिनी संस्था ऐश्वर्य प्रकाशनले बजारमा ल्याएको पुस्तक ६ सय ५५ पेज लामो रहेको छ । पुस्तकमा विगतमा सोधिएका सहसचिव तथा उपसचिव तर्फका सबै प्रश्नहरू समावेश भएकाले अन्य प्रश्नसंग्रहको भर पर्न नपर्ने प्रकाशकको भनाई छ ।

समसामयिक सवालहरू समेत समेटिएको यो पुस्तकमा विगतमा भन्दा यसमा धेरै विषयवस्तु र धेरै प्रश्नहरू खण्ड अनुसार समेटिएको छ । पुस्तकमा सन् २०२० र २०१९ मा नेपालका आर्थिक सामाजिक अवस्था र परिसूचकहरू समेटिएको छ ।

यसमा चालु बजेट, पन्ध्रौँ योजना, पछिल्लो आर्थिक सर्वेक्षण लगायतका सरकारी प्रकाशनका मुख्य विषयहरू समेटिएको छ । समस्या समाधान, मामिला विश्लेषण एवं सैद्धान्तिक विश्लेषणका सम्भाव्य इस्युहरू समेटिएको पुस्तक लोकसेवा आयोगको सबै तहको परीक्षाको तयारीमा रहनेका लागि मार्गदर्शक हुने प्रकाशकको दाबी छ । हाल पुस्तक चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्ट शंखमुलमा मात्र उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस