भारतीय पत्रकार गोस्वामी पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

भारतीय पत्रकार गोस्वामी पक्राउ


१९ कार्तिक २०७७, बुधबार


काठमाडौँ । भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । गास्वामीलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रिपब्लिक टीभीका प्रधान सम्पादक अर्नव गोस्वामी पक्राउ परेको उक्त टेलिभिजनले पनि पुष्टि गरेको छ ।

आत्महत्या सम्बन्धी पुरानो मुद्दालाई लिएर उनलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ ।

बुधबार बिहान प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेका हुन् । करिब १५ जना प्रहरी अधिकारी अर्नवको निवास पुगेका थिए ।

प्रहरीका अनुसार सन् २०१२ मा रिपब्लिक टीभीले बक्यौता नदिएको आरोपमा एक वास्तुकार र उनकी आमाले आत्महत्या गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस