चीनले अस्ट्रेलियाबाट गहुँ खरिदमा प्रतिबन्ध लगाउने : प्रतिवेदन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चीनले अस्ट्रेलियाबाट गहुँ खरिदमा प्रतिबन्ध लगाउने : प्रतिवेदन


१९ कार्तिक २०७७, बुधबार


बेइजिङ । अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचार अनुसार चीनले अस्ट्रेलियाबाट बर्सेनि ३९ करोड ४० लाख अमेरिकी डलर बराबरको गहुँ खरिद गर्ने गरेको छ ।

आगामी शुक्रबारदेखि नै चीनले अस्ट्रेलियाबाट जौ, चिनी, रातो अंगुर, काठ, कोइला, तामाको धाऊ समेतका कतिपय वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । गहुँ आयातमा गर्न लागिएको प्रतिबन्ध कहिलेदेखि लाग्नेछ भन्ने स्पष्ट भइसकेको छैन ।

चिनियाँ आयातकर्ताहरुले तोकिएको मितिभन्दा पछि अस्ट्रेलियाली प्रतिबन्धित सामग्री आए त्यसको जिम्मेवार आयातकर्ताहरु नै हुने चिनियाँ अधिकारीहरुले बताएका छन् । अधिकारीहरुले परिवर्तित नियमहरुलाई कडाईका साथ लागू गर्न आदेश दिएका छन् ।

अस्ट्रेलियाले गत अप्रिलमा कोरोनाभाइरसको उत्पत्ति चीनबाट भएको दोषारोपण गरेयता चीन र अस्ट्रेलियाबीचको सम्बन्धमा तिक्तता आएको छ ।

त्यसयता चीनले अस्ट्रेलियाबाट आयात हुने सामानमा करवृद्धिका साथै अन्य कारबाही गरिसकेको छ । चिनियाँ भन्सार प्रशासनले शुक्रबार अस्ट्रेलियाबाट आयातित काठमा शंकास्पद विषादी भेटिएको जनाउँदै चीन प्रवेशमा रोक लगाएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस