प्रधानमन्त्रीद्वारा दिवंगत सीता महराप्रति श्रद्धाञ्जली व्यक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीद्वारा दिवंगत सीता महराप्रति श्रद्धाञ्जली व्यक्त


१९ कार्तिक २०७७, बुधबार


काठमाडौं । प्रतिनिधि सभाका सदस्य एवं पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमतीको असामयिक निधन भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जनली व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान ट्वीटमार्फत दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

उनले ट्वीटरमा भनेका छन्,‘ प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वसभामुख महराजी सहित संपूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

सीता महराको कोरोना संक्रमणका कारण काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस