कांग्रेस सांसद एवम् उद्योगी सूर्यबहादुर केसीको निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कांग्रेस सांसद एवम् उद्योगी सूर्यबहादुर केसीको निधन


१८ कार्तिक २०७७, मंगलबार


पोखरा । प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । ६३ वर्षीय केसीको सोमबार राति निधन भएको हो ।

सुगर र प्रेसरको समस्या रहेका उनको पोखरास्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

केसीले लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका थिए । उनले निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका थिए । उनी पोखराका पूर्व प्रधानपञ्च पनि हुन् । पहिलो संविधान सभाको निर्वाचनमा उनी राप्रपाबाट समानुपातिक सांसद बनेका थिए ।

यस्तै उनी नेपालकै प्रतिष्ठित उद्योगीका रुपमासमेत चिनिएका छन् । केसी नेपाली चाउचाउ उद्योगका पायोनियर हुन् । केसीकै अगुवाइमा नेपालमै मात्र नभएर दक्षिण एसियामै पहिलो चाउचाउ उत्पादन सुरु भएको थियो ।

केसीले निर्माण व्यवसायीका रुपमा व्यावसायिक जीवन सुरुवात गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस