जोरपाटी वितरण केन्द्रले आज दिनभर विद्युत आपूर्ति बन्द गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जोरपाटी वितरण केन्द्रले आज दिनभर विद्युत आपूर्ति बन्द गर्ने


१८ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रले आज मंगलबार दिनभर विद्युत आपूर्ति बन्द गर्ने भएको छ।

बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म विद्युत आपूर्ति बन्द गर्ने केन्द्रले जानकारी दिएको छ।

जोरपाटी वितरण केन्द्रको मुलपानी स्वचिङ्गबाट सञ्चालित साँखु फिडरको मुलपानी ब्रह्मखेल सडक खण्डको पोल सिफ्टिङ गर्ने कार्य हुन लागेकोले विद्युत आपूर्ति बन्द हुने केन्द्रको भनाइ छ।

केन्द्रका अनुसार निर्धारित समयभन्दा अगाडि नै काम सकियो भने विद्युत आपूर्ति छिटै गरिनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस