रौतहट प्रशासन र प्राधिकरणबीच नियमित विद्युत आपूर्तिका लागि ७ बुँदे सहमति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रौतहट प्रशासन र प्राधिकरणबीच नियमित विद्युत आपूर्तिका लागि ७ बुँदे सहमति


१७ कार्तिक २०७७, सोमबार


रौतहट । रौतहटमा स्थानीय प्रशासन र विद्युत प्राधिकरणबीच नियमित विद्युत आपूर्तिको लागि ७ बुँदे सहमति भएको छ ।

जिल्लामा बिना सूचना पटक-पटक विद्युत आपूर्ति ठप्प भइरहने समस्या समाधान गर्न रौतहटका सिडियो ईन्द्रदेव यादवको पहलमा सहमति भएको हो ।

बिना सूचना पटक–पटक बत्ति जाने समस्याबारे प्राप्त जनगुनासो व्यवस्थापन गर्न आइतबार साँझ जिल्ला प्रशासन कार्यालयमा बसेको संयुक्त बैठकमा ७ बुँदे निर्णय गरिएको छ ।

विद्युत आपूर्ति प्रभावकारीताको लागि हुकिङ तथा चुवाहट नियन्त्रण गर्न नेपाल विद्युत प्राधिकरण गौर, चन्द्रपुर, मौलापुर बितरण केन्द्रले व्यवस्थापन गर्ने छ । विद्युतको तारमा परालको समस्या देखिएकाले किसानलाई धान दाँई गर्दा सडक तथा विद्युत तारमा असर नपर्ने गरी कार्य गर्न सञ्चार माध्यमबाट सुचना प्रचार प्रसार गराउनु पर्नेछ ।

विद्युत तार पोलिङ वा मर्मत सम्भार गर्नुपरेमा अग्रिम सुचना जानकारी गराउने र विद्युत अवरुद्ध हुन नदिने सहमती भएको छ । विद्युत आपूर्ति प्रभावित हुने कारणहरु सच्याउनु पर्ने छ । सडकबत्ति बिहान निभाउने र बेलुकी बाल्ने विद्युत स्विचको ब्यवस्था सम्बन्धीत स्थानीय तहले मिलाउने निर्णय गरिएको छ ।

त्यसैगरी विद्युत चुवाहट नियन्त्रण कार्यमा प्राधिकरण कार्यालयको आवश्यक्ता माग बामेजिम सुरक्षाकर्मी परिचालनको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहयोग गर्नुपर्नेछ ।

समन्वय बैठकमा निर्णयहरु कार्यान्वयन विद्युत प्राधिकरण, प्रशासन संयन्त्र, सञ्चारकर्मी र स्थानीय तहले संयुक्तरुपमा सहयोग गर्नुपर्ने बैठकमा सहमति भएको सिडियो ईन्द्रदेव यादवले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस