विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु


१७ कार्तिक २०७७, सोमबार


विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत विराटनगरका ७० वर्षीय वृद्ध र नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमकका ७२ वर्षीय वृद्धको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका-३ का ७० वर्षीय वृद्धको कात्तिक ७ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार उपचारकै क्रममा आक्ष्तबार साभ मृत्यु भएको हो।

त्यस्तै नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिका-२ का ७२ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ।

पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। वृद्धको उपचारका क्रममा मृत्यु भएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस