२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा दुई सङ्क्रमितको मृत्यु

अ+ अ-

राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र टीकापुर नगरपालिका–१ कैलाली निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ८ गते अस्पताल भर्ना भएकी महिलामा परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो ।

सङ्क्रमित महिलालाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने प्लाज्मा थेरापीलगायत सबै प्रकारको उपचार दिँदै गर्दासमेत बिरामीको अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड आइसियुमा उपचारकै क्रममा गए राति मृत्यु भएको हो । योसँगै कोरोना भाइरसका कारण बाँकेमा मृत्यु हुने व्यक्तिको सङ्ख्या ३१ पुगेको छ ।

यसैगरी, स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १४ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आएका कैलालीका ६० वर्षीय पुरुषमा कात्तिक १५ गते कोरोना पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या भएका सङ्क्रमित पुरुषलाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारका उपचार दिँदै गर्दासमेत बिरामीको अवस्थामा सुधार नआएपछि गए राति १ बजे शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसियुमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

कोरोनाका कारण केही दिन यता बाँकेका अस्पतालमा दैनिकजसो बिरामीको मृत्यु हुन थालेको छ । बाहिरी जिल्लाबाट उपचार गराउन बाँकेमा आउँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।