बेनीमा एक हप्ता लकडाउन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बेनीमा एक हप्ता लकडाउन


१४ कार्तिक २०७७, शुक्रबार


म्याग्दी । बेनी नगरपालिका क्षेत्रमा एक हप्ता लामो लकडाउन गरिएको छ । जिल्लामा लक्षणसहितका कोभिड-१९ संक्रमित दिनप्रतिदिन बढ्दै गएको र संक्रमण तिव्र गतिमा फैलिने सम्भावना उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले साता दिन लामो लकडाउन गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो सूचना प्रकाशन गरी बेनी नगरपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गर्ने सेवा, सदरमुकाम बेनीस्थित सबै बैंक, वित्तीय संस्था, सरकारी कार्यालयबाट प्रदान गर्ने सेवाहरु समेत शुक्रबार राति १२ बजेदेखि एक हप्ताका लागि बन्द गरेको जनाएको छ । बेनी नगरपालिका, सुरक्षा समिति, उद्योग वाणिज्य संघसमेतका आग्रहमा जिल्ला प्रशासनले लकडाउन गरेको जनाएको छ ।

अति आवश्यक सेवा र वस्तु(अस्पताल, औषधि पसल २४ सै घण्टा)का सबै पसल बिहान ८ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ । आवश्यक सुरक्षा तथा स्वास्थ्य मापदण्ड अपनाई अति जरुरी कामबाहेक कसैले पनि घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

साथै अत्यावश्यक काममा वाहेक सो अवधिमा संक्रमित जिल्लाबाट म्याग्दी जिल्ला आवतजावत नगरीदिनसमेत प्रशासनले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस