चितवन मेडिकल कलेजमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चितवन मेडिकल कलेजमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु


१४ कार्तिक २०७७, शुक्रबार


चितवन । चितवन मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा चितवन र रुपन्देहीका एक-एक जना पुरुष रहेका छन् ।

चितवनको रत्‍ननगरपालिका-९ का ८८ वर्षीय पुरुषको उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए ।

उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो । अस्पतालको कोभिड आईसीयू कक्षमा उपचाररत उनको आज बिहान ६:५४ मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए ।

त्यसैगरी रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-८ का ८४ वर्षीय पुरुष कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए ।

उनको स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड आईसीयू कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

ज्वरो, उच्च रक्तचाप र श्‍वासप्रश्‍वासको समस्या भएका उनको गएराति ११:४७ बजे मृत्यु भएको डा. अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस