कोरोना सङ्क्रमित कर्मचारीलाई १४ दिन बिदा दिने तयारी  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना सङ्क्रमित कर्मचारीलाई १४ दिन बिदा दिने तयारी 


१४ कार्तिक २०७७, शुक्रबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना सङ्क्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी गरेको छ । सङ्क्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार कर्मचारीलाई बिदा दिन लागिएको हो ।

निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउने व्यवस्था ऐनमा उल्लेख छ तर, कोरोना सङ्क्रमण भएको वेलालाई उक्त बिदाले नपुग्ने भएकाले छुट्टै बिदा दिने तयारी भएको मन्त्रालयले जनाएको छ । यसबारे सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालयसँग मन्त्रिपरिषदमा प्रस्ताव कसले पेश गर्ने भन्नेबारे छलफल भईरहेको छ ।

यसअघि लकडाउनको अवधिमा कर्मचारीलाई सार्वजनिक बिदाको सुविधा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । सङ्क्रमित कर्मचारीको हकमा पनि त्यस्तै निर्णय गर्न लागिएको छ ।

अहिले मुख्यसचिवसहित हजार बढी निजामती कर्मचारी कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् ।

यद्यपि कतिपय कर्मचारीमा सङ्क्रमण पुष्टि भएको तीन हप्तासम्म पनि रिपोर्ट नेगेटिभ नआएको बताइएको छ भने कतिपय अवस्थामा रिपोर्टमा पोजेटिभ आए पनि जीउ दुखाई र थकान उस्तै भएकोले आरामको आवश्यकता रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस