मास्क लगाउन आग्रह गर्दा गार्डमाथि छुरी प्रहार, दिदीबहिनी पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मास्क लगाउन आग्रह गर्दा गार्डमाथि छुरी प्रहार, दिदीबहिनी पक्राउ


एजेन्सी

१३ कार्तिक २०७७, बिहिबार


अमेरिका । मास्क र सेनिटाइजर लगाउन आग्रह गर्दा अमेरिकामा एक स्टोरका सेक्यूरिटी गार्डमाथि चक्कु प्रहार भएको छ । इलिनोइस राज्यमा गार्डको हत्याको प्रया गरेकोमा दुई जना दिदी बहिनीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिकागो प्रहरीका अनुसार मास्क बिना स्टोरमा पुगेका दुई दिनीबहिनीको ३२ वर्षीय गार्डसँग भनाभन परेको थियो । ती गार्डले दुईजनालाई मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने बताउँदा विवाद भएको कुक काउन्टी स्टेट एटर्नी अफिसले जनाएको छ ।

वादविवादपछि २१ वर्षीया जेसिका हिलले चक्कु निकालेर ती गार्डको ढाड, घाँटी र हातमा २७ पटकसम्म प्रहार गरेकी थिइन् । दिदीले आक्रमण गर्दा उनकी १८ वर्षीया बहिनी जायला हिलले गार्डलाई कपालमा समेर भुइँमा लडाएर पक्रेकी थिइन् । सीएनएन

प्रतिक्रिया दिनुहोस