नेपालगञ्ज बसपार्कबाट २९ लाख रूपैयाँ सहित १० जुवाडे पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपालगञ्ज बसपार्कबाट २९ लाख रूपैयाँ सहित १० जुवाडे पक्राउ


१३ कार्तिक २०७७, बिहिबार


बाँके । बाँके प्रहरीले बुधबार राती बसपार्कस्थित कृष्णप्रसाद वलीको घरमा छापा मारेर साढे २९ लाख रूपैयाँ सहित १० जुवाडेलाई पक्राउ गरेको छ।

बुधबार राती साढे आठ बजे नेपालगञ्ज उप महानगरपालिका वडा नं-४ बसपार्कमा रहेको वलीको घरमा जुवातास खेलिरहेको छ भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोली उक्त घरमा गई खानतलासी गर्दा सन्तोष थापा समेतका १० जना ब्यक्तिहरुले हारजित हुने गरी कटपट्टी तास खेलीरहेको अबस्थामा नियन्त्रणमा लिई उक्त जुवा खाल र निजहरुको साथबाट गरी जम्मा २९ लाख ४८ हजार सातसय रुपैया समेत बरामद गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस