राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा १०० जना दर्ता अपरेटर माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा १०० जना दर्ता अपरेटर माग


१३ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ।

राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि विभागले दरखास्त आह्वान गरेको हो।

इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन्।

लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ।

आवेदन दिन पैसा लाग्दैन। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले निकालेको सूचनामा उल्लेख छ।

दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ। काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस