बुधबार थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बुधबार थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि


१२ कार्तिक २०७७, बुधबार


काठमाडौँ । आज बुधबार थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४८ जनाको पीसीआर परीक्षण गरिएकोमा थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ सय पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार ९ सय ८१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ रहेको छ भने २ हजार ८ सय ८९ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस