बार्सिलोनाका अध्यक्ष जोसेपले दिए राजीनामा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बार्सिलोनाका अध्यक्ष जोसेपले दिए राजीनामा


१२ कार्तिक २०७७, बुधबार


बार्सिलोना । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउसले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

बार्सिलोनाका २० हजार समर्थकले हस्ताक्षर गरेर राजीनामा माग गरेपछि उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

उनले राजीनामा नदिए अर्को महिना अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने थियो ।

उनीसँगै बार्सिलोनाको बोर्डका सबै सदस्यले राजीनामा दिएका छन् । उनी सन् २०१४ मा अध्यक्ष बनेका थिए ।

लियोनल मेसीको अर्को क्लब जाने माग र बायर्न म्युनिकसँगको ८–२ हारपछि उनी चर्को दबाबमा थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस