प्रधानमन्त्री-रअ प्रमुख भेट : वार्ताको औपचारिक टिपोट सुरक्षित छ-उपप्रधानमन्त्री पोखरेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री-रअ प्रमुख भेट : वार्ताको औपचारिक टिपोट सुरक्षित छ-उपप्रधानमन्त्री पोखरेल


१० कार्तिक २०७७, सोमबार


काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग भएको औपचारिक टिपोट परराष्ट्र मन्त्रालयमा सुरक्षित रहेको दाबी गरेका छन् ।

‘रअ’ प्रमुख नै परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा नेपाल आएको तथा काठमाडौँस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको उपप्रधानमन्त्री पोखरेलेको दाबी छ ।

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री र ‘रअ’ प्रमुखबिचको संवाद केही समयदेखि असहज बन्न पुगेको नेपाल–भारत सबन्ध खास गरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले यस प्रकारको कार्यले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने जनाएका हुन् ।

हेर्नुहोस् उनको स्ट्याटस

प्रधानमन्त्रीसँग ‘रअ’ का प्रमुखको भेट – प्रायोजित कुप्रचार र वास्तविकता
———————————————
(१) भारतीय गुप्तचर संस्था -‘रअ’…

Posted by Ishwar Pokhrel on Sunday, October 25, 2020

 

Tags :
प्रतिक्रिया दिनुहोस