डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि


८ कार्तिक २०७७, शनिबार


काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. भट्टराईले आफू र पत्नी हिसिला यमीलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन् ।

भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’

 

प्रतिक्रिया दिनुहोस