‘रअ’ प्रमुखले प्रधानमन्त्री ओलीसँग भेट गरेको पुष्टि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘रअ’ प्रमुखले प्रधानमन्त्री ओलीसँग भेट गरेको पुष्टि


प्रशासन सिंहदरवार ब्युरो

६ कार्तिक २०७७, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार प्रेस नोट जारी गर्दै रअ प्रमुखसँग भेट भएको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘उहाँ (रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो’

भेटका क्रममा गोलयले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको थापाले बताएका छन् ।

रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस