भारतीय गुप्तचर संस्था रअका प्रमुख काठमाडौँमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतीय गुप्तचर संस्था रअका प्रमुख काठमाडौँमा


५ कार्तिक २०७७, बुधबार


काठमाडौँ । भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त कुमार गोयल काठमाडौँ आएका छन् ।

नोभेम्बर पहिलो साता भारतीय सेना प्रमुख एमएम नरवाणेको भ्रमणको पूर्व सन्ध्यामा नेपाल आएका गोयलको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले केही बताएको छैन । स्रोतका अनुसार टोलीमा सात जना रहेका छन् । सो टोली भोलि दिल्ली फर्कने कार्यक्रम रहेको छ ।

उनले उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रमसमेत रहेको स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस