कोरोना संक्रमणबाट कांग्रेस नेता तेजबहादुर पुनको निधन « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

कोरोना संक्रमणबाट कांग्रेस नेता तेजबहादुर पुनको निधन


५ कार्तिक २०७७, बुधबार


डोटी । कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको निधन भएको छ ।

नेपाल आदिवासी जनजाति संघ डोटीका अध्यक्ष समेत रहेका पुनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि नेता पुनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

अस्पतालका अनुसार उपचारकै क्रममा उनको बुधवार निधन भएको हो । मंगलबार पुनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो।

डोटीको केआई सिंह गाउँपालिका-४ वायल निवासी पुनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुने पुन डोटीका पहिलो व्यक्ति हुन् । डोटीमा हालसम्म एक हजार दुई सय ७२ जनामा संक्रमित छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस