ग्लोबल आइएमई बैङ्कको नयाँ शाखा र एक्सटेन्सन काउण्टर सञ्चालनमा « प्रशासन
Logo १३ मंसिर २०७८, सोमबार
   

ग्लोबल आइएमई बैङ्कको नयाँ शाखा र एक्सटेन्सन काउण्टर सञ्चालनमा


५ कार्तिक २०७७, बुधबार


काठमाडौं ।  ग्लोबल आइएमई बैङ्क लिमिटेडले बुधवार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नयाँ शाखाहरूको भर्चुअल्ली उद्घाटन गरेका हुन् ।

यसका साथै बैंकले भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालन आएसँगै बैंकको शाखाहरूको संख्या २६१ र एक्सटेन्सन काउण्टरको संख्या ४५ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २६१ शाखा सञ्जाल सहित २३७ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस