तीन दिन स्थिर रहँदै आएको सुनको मुल्य आज ८ सय रुपैयाँले बढ्यो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

तीन दिन स्थिर रहँदै आएको सुनको मुल्य आज ८ सय रुपैयाँले बढ्यो


५ कार्तिक २०७७, बुधबार


सुन

काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुनको मुल्य तोलाको आँठ सय रुपैयाँले बढेको हो ।

९४ हजार ७ सय रुपैयाँमा स्थिर रहेको सुनको मुल्य तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस