सरकारलाई डा. भट्टराईको सुझाब, संक्रमितको उपचारको लागि सबै खर्च रोके हुन्छ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सरकारलाई डा. भट्टराईको सुझाब, संक्रमितको उपचारको लागि सबै खर्च रोके हुन्छ


५ कार्तिक २०७७, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना संक्रमितको ज्यान जोगाउन सरकारले अरु सबै खर्च रोक्न सरकारलाई सुझाव दिएका छन् ।

संक्रमितको निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको बताएका छन् । संक्रमितको उपचारको दायित्वबाट सरकार भागे यसले महामारी झन विकराल बनाउने बताएका छन् ।

कोरोना संक्रमितहरुलाई उपचारको लगि लाग्ने खर्च आफैले बेहोर्नुपर्ने सरकारको निर्णय अनुचित रहेको भन्दै जनतालाई उपचार खर्चको बोझ बोकाउन नहुने बरु कोरोना संक्रमितको उपचारकालागि पैसाको अभाव भए अरु सम्पुर्ण खर्च रोक्न सुझाएका हुन् ।

आज (बुधबार) बिहान ट्वीट गर्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले पैसा अभाव भएको भए दान पात्र राख्न तर सबै संक्रमितको उपचार निःशुल्क गर्न सकिने बताएका छन् ।

डा. भट्टराईको ट्वीट:

 

Tags :
प्रतिक्रिया दिनुहोस