विपी प्रतिष्ठानमा उपचाररत ५५ वर्षिय संक्रमित महिलाको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

विपी प्रतिष्ठानमा उपचाररत ५५ वर्षिय संक्रमित महिलाको मृत्यु


५ कार्तिक २०७७, बुधबार


काठमाडौँ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ५५ वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सुनसरीको गढी गाउँपालिका ४ की ५५ वर्षीय महिलाको ४ गते राती ९ बजे मृत्यु भएको हो।

मृतकलाई ४ गते कोरोना पुष्टि भएको र सोही दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह-प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार मृतकमा उच्च रक्तचापको समस्या थियो।

 

Tags :
प्रतिक्रिया दिनुहोस