पोल्याण्ड सरकारले राष्ट्रिय रंगशालालाई बनायो कोरोना अस्पताल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पोल्याण्ड सरकारले राष्ट्रिय रंगशालालाई बनायो कोरोना अस्पताल


एजेन्सी

४ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । पोल्याण्ड सरकारले राष्ट्रिय रंगशालालाई कोरोना अस्पताल बनाएको छ ।

कोरोना संक्रमितको उपचारका लागि अस्पतालको अभाव भएकाले राष्ट्रिय रंगशालालाई नै कोरोना अस्पताल बनाइएको त्यहाँका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उक्त रंगशाला युरो २०१२ फुटबल च्याम्पियनसिप सञ्चालन गर्नका लागि निर्माण गरिएको थियो ।

अस्थायी अस्पताल बनाउन लागिएको रंगशालामा ५८ हजार ५०० जना दर्शक बस्न मिल्ने क्षमता छ ।

पछिल्लो समय पोाल्याण्डमा पनि कोेरोना संक्रमितको संख्या तीव्ररुपमा वृद्धि भइरहेको छ ।

पोल्याण्डमा हालसम्म १ लाख ८३ हजार २४८ जना कूल संक्रमित छन् । जसमध्ये ३ हजार ६ सय बढीको मृत्यु भइसकेको छ ।

पोल्याण्डमा कूल ३ करोड ८० लाख जनसंख्या रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस