भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नघ्यो, १ लाख १४ हजार बढिको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नघ्यो, १ लाख १४ हजार बढिको मृत्यु


एजेन्सी

४ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ७५ लाख भन्दा बढि पुगेको छ ।

तथ्यांकमा उल्लेख भए अनुसार हालसम्म भारतमा संक्रमितको संख्या ७५ लाख ५० हजार २७३ पुगेको हो ।

पछिल्लो २४ घण्टामा भारतमा ५५ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा भारतमा ५७९ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोना संक्रमण कारण हालसम्म १ लाख १४ हजार ६१० संक्रमितको मृत्यु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस