सोलुखुम्वुकी सिडिओ मन्त्रालय तानिइन्, नयाँमा शाही « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सोलुखुम्वुकी सिडिओ मन्त्रालय तानिइन्, नयाँमा शाही


३ कार्तिक २०७७, सोमबार


काठमाडौँ । सोलुखुम्वुकी प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिएकी छिन् ।

गृह मन्त्रालयले आइतबार प्रजिअ रमा आचार्य सुवेदीलाई मन्त्रालय बोलाउँदै मन्त्रालयका उपसचिव गणेश विक्रम शाहीलाई सोलुखुम्बुको जिल्ला प्रमुख बनाई पठाएको हो । माओवादीसँग कुरा नमिलेपछि आचार्यको सरुवा गर्न गृहमा दबाब आएको थियो ।

स्रोतका अनुसार हप्ता दिन अघि नै फाइल उठेको भए पनि को जान्ने भन्ने विषयमा खिचातानीका कारण निर्णय हुन सकेको थिएन ।

गृह उच्च स्रोतका अनुसार सुरुमा इमिग्रेसन कार्यालयका कृष्ण भण्डारीलाई पठाउने भनिए पनि पछि शक्ति बस्नेतको पावर लगाएर विपद् व्यवस्थापन शाखामा कार्यरत शाहीलाई पठाइयो । मन्त्रीका पिए ईश्वरी ढकालले निकै जोड गरे पनि अन्ततः शाहीले बाजि मारे ।

Tags :
प्रतिक्रिया दिनुहोस