प्रधानमन्त्री र मन्त्रीहरुको दशैँ भत्ता कोरोना कोषमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री र मन्त्रीहरुको दशैँ भत्ता कोरोना कोषमा


३ कार्तिक २०७७, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुले आफ्नो दशैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

मन्त्रिपरिषदको निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारीहरुलाई पनि यस वर्षको दसैं भत्ता नलिन र कोरोना नियन्त्रण कोषमा जमा गर्न आग्रह गरेको छ ।

‘प्रदेश र स्थानीय तहका पदाधिकारीहरुबाट पनि नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयको मर्म अनुसार यस वर्षको दसैं खर्च कोरोना कोषमा जम्मा गर्ने व्यवस्था हुन हार्दिक आग्रह गर्न चाहन्छु,’प्रवक्ता गुरुङले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस