गृहले भन्यो : संकटकाल र कर्फ्यु लाग्ने सूचना गलत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गृहले भन्यो : संकटकाल र कर्फ्यु लाग्ने सूचना गलत


३ कार्तिक २०७७, सोमबार


काठमाडौं । मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा संकटकाल लाग्ने, कर्फ्यू लाग्ने भनेर फैलिएको सूचना गलत भएको गृह मन्त्रालयले जनाएको छ ।

गृहले यी सूचनाको तथ्य नरहेको भन्दै सोमबार सजग गराएको छ। गृहले सोमबार विज्ञप्ति जारी गरी ती सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको जानकारी गराएको छ ।

गृह प्रवक्ता चक्रबहादुर बुढाले त्यस्तो सूचना सम्प्रेषण गराउनेमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

हेर्नुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस