डा. खतिवडालाई राजदूत नबनाउन माग गर्दै ३ वटा उजुरी दर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. खतिवडालाई राजदूत नबनाउन माग गर्दै ३ वटा उजुरी दर्ता


३ कार्तिक २०७७, सोमबार


काठमाडौं । डा. युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै तीनवटा उजुरी दर्ता भएको छन् । सोमबार बसेको संघीय संसदको सुनुवाई समिति बैठकले तीन वटा उजुरी परेको जानकारी दिएको हो ।

समितिका अनुसार उजुरीकर्ताहरु सम्पर्कमा नआएका कारण ती उजुरी सार्वजनिक गरिएको छैन ।

खतिवडा अमेरिकाका लागि प्रस्तावित राजदूत हुन् । त्यस्तै, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको छ ।

उजुरीकर्तालाई सम्पर्कमा आउन आग्रह गर्दै सूचना निकालेर यहि कात्तिक १७ गते छलफलमा आउन आहृवान गर्ने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस