बीपी प्रतिष्ठानमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बीपी प्रतिष्ठानमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु


३ कार्तिक २०७७, सोमबार


धरान । कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान थप एक जनाको मृत्यु भएको छ । ।

सुनसरीको इटहरी-२० का ७८ वर्षीय पुरुषको आज बिहान ३ः०५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । रक्तअल्पताबाट पीडित उनमा पहिलो पटक असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

दोस्रो पटक कात्तिक १ गते पनि उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा असोज १९ गते भर्ना भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस