याहुले आफ्ना सबै वेबसाइट किन गर्दैछ बन्द ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

याहुले आफ्ना सबै वेबसाइट किन गर्दैछ बन्द ?


३ कार्तिक २०७७, सोमबार


काठमाडौँ । याहुले आफ्ना सबै वेबसाइट बन्द गर्ने भएको छ । भेरिजोनको इनग्याजेटले दिएको जानकारी अनुसार याहुका वेबसाइट र सबै कन्टेन्ट हट्ने भएका हुन् ।

याहु भेरिजोनको स्वामित्वमा रहेको थियो । अक्टोबर २८ देखि आफ्नो वेबसाइटमा कुनै पनि पोस्ट प्रकाशित नगर्ने याहूले जनाएको छ । यस अघि प्रकाशित गरिएका सबै कन्टन्टहरु डिसेम्बर १४ मा डिलिट गरिने इनग्याजेटले उल्लेख गरेको छ ।

यद्यपि प्रयोगकर्ताहरुले आफ्नो इमेलको माध्यमबाट याहु ग्रुपसँग जोडिन सक्छन् । तर, ती ग्रुपहरु पनि खाली हुने बताइएको छ । त्यसपछि यी ग्रुपहरु प्राइभेट हुने र यी ग्रुपमा पोस्ट गर्न अनुमति लिनुपर्ने छ ।

प्रयोगकर्ताले आफ्नो इतिहास सुरक्षित गर्न चाहने हो भने उनीहरुले प्रत्यक्षरुपमा डाउनलोड गर्ने वा याहुको प्राइभेसी ड्यासबोर्डको माध्यमबाट आफ्नो डेटा सुरक्षित गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस