नविल बैङ्कका कार्यकारी निर्देशक शाहलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नविल बैङ्कका कार्यकारी निर्देशक शाहलाई कोरोना सङ्क्रमण


२ कार्तिक २०७७, आइतबार


काठमाडौँ । नविल बैङ्कका कार्यकारी निर्देशक अनिल केशरी शाहलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। शाहले आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

उनले गत बुधवार पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका छन् । अक्टोबर १४ मा उनले आफ्नो स्वाद हराएपछि  पीसीआर गराएको तर रिपोर्ट नेगेटिभ आएको भन्दै उक्त समस्या यथावत् रहेकाले डाक्टरको सल्लाहबमोजिम पुनः १७ अक्टोबर(शनिवार) परीक्षण गराएको बताएका छन् । शनिवारको परीक्षणमा भने पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

शाहले आफू  अहिले होम आइसोलेसनमा बसिरहेको र अन्य कुनै पनि लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस