कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड नजिक पुग्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड नजिक पुग्यो


एजेन्सी

२ कार्तिक २०७७, आइतबार


काठमाडौँ । विश्वभरको तथ्याङ्क हेर्दा कोरोना सङ्क्रमितको सङ्ख्या करिब ४ करोड नजिक पुगेको छ । तीव्र रूपमा सङ्क्रमण फैलिइरहेको कोरोना सङ्क्रमण वृद्धि भएर ३ करोड ९९ लाख ४४ हजार १ सय २६ पुगेको छ ।

आइतबार बिहानसम्म ओर्ल्डोमिटरले दिएको जानकारी अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोडको नजिक पुगेको देखिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा एकै दिन ३ लाख ९२ हजार ४७१ जनामा कोरोना पुष्टि भएको यो अहिलेससम्मकै सबैभन्दा धेरै हो । यसअघि हिजो विश्वमा ३ लाख ८८ हजार १६७ कोरोना संक्रमित थपिएका थिए ।

जसमध्ये कोरोना निको हुनेको सङ्ख्या पनि उल्लेख्य नै छ । विश्वभर कोरोना सङ्क्रमित मध्ये हालसम्म २ करोड ९८ लाख ८४ हजार १९ जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ११६ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ लाख १४ हजार भन्दा बढी रहेको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस