आइपीएल : दिल्ली क्यापिटल्स शीर्ष स्थानमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आइपीएल : दिल्ली क्यापिटल्स शीर्ष स्थानमा


प्रशासन संवाददाता

२ कार्तिक २०७७, आइतबार


काठमाडौँ । युएईमा जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राति साजहाको खेल मैदानमा भएको खेलमा चेन्नई सुपरकिङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य १९ ओभर ५ बलमा ५ विकेट गुमाउँदै पुरा गरेको थियो । दिल्लीतर्फ शिखर धवनले १०१ रन बनाएर प्लेयर अफ दी म्याच बनेका छन् । यस्तै मार्कुस स्टोनिसले २४ रन, कप्तान श्रेयस ऐरले २३ रन, अक्ष पटेलले २१ रन बनाएका छन् ।

चेन्नईका दिपक चाहरले २ विकेट लिए । साम करण, सार्दुल ठाकुर र ड्वेन ब्राभोले १/१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

चेन्नईका लागि फाप डु प्लेसिसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अम्बाती रायडुले अविजित ४५ रन जोड्दा सेन वाट्सनले ३६ रन बनाए । रबिन्द्र जडेजा ३३ रनमा अविजित रहे ।

चेन्नई दिल्लीद्वारा लगातार दोस्रो पटक पराजित भएको हो । सिजनको पहिलो भेटमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको थियो ।

चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ । चेन्नई तालिकाको छैटौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस