शिलालेखमा नाम नराखेपछि उद्घाटनमै उफ्रिइन उपमेयर ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शिलालेखमा नाम नराखेपछि उद्घाटनमै उफ्रिइन उपमेयर !


१ कार्तिक २०७७, शनिबार


धनगढी । शिलालेखमा आफ्नो नाम नराखेपछि उद्घाटनकै क्रममा उपमेयर उफ्रिँदै गरेको भिडियो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

कैलालीको घोडाघोडी नगरपालिका–७ को वडा कार्यालय भवन हस्तान्तरण कार्यक्रममा मेयर ममताप्रसाद चौधरीले शिलालेखबाट रातो पर्दा हटाउँदै भवन उद्घाटन गर्ने तयारी गर्दै गर्दा उपमेयर प्रेम कुमारी थापाले शिलालेखमा ढुङ्गा हान्दै आफ्नो मर्यादा कसले राख्ने भन्दै मुर्दावादको नारा लगाएकी हुन् ।

मेयरले यस्तो नगर्न आग्रह गर्दा आक्रोशित बनेकी उपमेयर थापाले शिलालेखमा थुकेकी छिन् ।

उनी आफ्नो मर्यादा कसले राख्ने भन्दै मुर्दावादको नारा लगाउन थाल्छिन्।

उपमेयर थापाले भवनको शिलालेखमा मेयरको नाम समावेश भएको तर आफ्नो नाम समावेश नभएको भन्दै शिलालेखमा ढुङ्गा प्रहार गरेकी हुन्।

उपमेयर थापाले आज तीन वडा कार्यालयहरूको भवन उद्घाटन गरेको र कुनै पनि वडा कार्यालयको शिलालेखमा आफ्नो नाम नराखेका कारण विरोध जनाएको बताएकी छिन् ।

शिलालेखमा मेयर र वडाध्यक्षदेखि वडा सदस्यसम्मको नाम राखिएको तर आफू महिला भएकै कारण नाम नराखेकोले नराम्रो नराम्रो लागेर विरोध गरेको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस