प्रधानमन्त्री ओली र कर्णाली प्रदेशका पदाधिकाबीच भेट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री ओली र कर्णाली प्रदेशका पदाधिकाबीच भेट


१ कार्तिक २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका विषयमा छलफल गर्न काठमाडौँ बोलाइएका कर्णाली प्रदेशका पदाधिकारीहरुसँग शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओलीले छलफल गरेका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने बैठकमा अनुपस्थित रहे ।

कर्णालीका पदाधिकारीहरुसँग संयुक्तरुपमा छलफल गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई बैठकका लागि खवर गरेको भएपनि संयुक्त बैठकमा आफू सहभागी नहुने खवर अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई पठाएका थिए । यसअघि कर्णालीका पदाधिकारीहरुसँग छुट्टाछुट्टै छलफल अध्यक्ष प्रचण्डले गरी सकेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पार्टीकै सांसदहरुले दर्ता गर्नुभएपछि दुई पक्षबीच विवाद चर्केको थियो । सोही विवाद समाधान गर्न अध्यक्षद्वयले कर्णालीका पदाधिकारीहरुलाई छलफलका लागि काठमाडौँ बोलाएका थिए ।

कर्णाली प्रदेशमा नेकपा सांसदहरु दुई खेमामा विभाजित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस