८० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

८० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ


३० आश्विन २०७७, शुक्रबार


घुस

काठमाडौं । सेवाग्राहीसँग घुस मागेको अभियोगमा सव-डिभिजन कार्यालय कैलालीका रेञ्जर राम अवतार चौधरीलाई घुस खुवाउन खोज्ने सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन्।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीले धनगढी उपमहानगरपालिका-११ सीताराम सामुदायिक वन समूहका अध्यक्ष रामप्रसाद रानालाई ८० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो।

रानालाई धनगढी उप-महानगरपालिका-१ फार्क मोडबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

वन कार्यालयले केही दिनअघि ट्याक्टर र काठ बरामद गरेको थियो। बरामद काठको मुद्दा मिलाइ दिने भनी चौधरीले सेवाग्राहीसँग घुस मागेका थिए ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस