टेलिकमका बरिष्ठ सहायक लामिछानेविरुद्ध ८६ लाख ८८ हजारको भ्रष्टाचार मुद्दा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

टेलिकमका बरिष्ठ सहायक लामिछानेविरुद्ध ८६ लाख ८८ हजारको भ्रष्टाचार मुद्दा 


२९ आश्विन २०७७, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका बरिष्ठ सहायक रामचन्द्र लामिछानेविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय, छाउनीबाट गरिएको स्क्रयाप डिसमेन्टल ब्याट्री  लिलाम कार्यमा छयासी लाख अठासी हजार एक सय बत्तीस रुपैयाँ एकानब्बे पैसा हिनामिना गरेको भन्दै तत्कालीन समयमा नेपाल टेलिकम, केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत बरिष्ठ सहायक लामिछानेविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

नेपाल टेलिकमका विभिन्न कार्यालयहरूबाट थानकोट स्टोरमा भण्डार गरी राखेको सार्वजनिक संस्थाको सम्पत्ति ९७९ थान डिसमेन्टल ब्याट्री अनियमितता गरेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा लामिछानेले छयासी लाख अठासी हजार एक सय बत्तीस रुपैयाँ एकानब्बे पैसा हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको निर्विवाद पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस