‘मिसेस नेपाल २०२०’ का लागि खुल्यो आवेदन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘मिसेस नेपाल २०२०’ का लागि खुल्यो आवेदन


प्रशासन संवाददाता

२९ आश्विन २०७७, बिहिबार


काठमाडौँ । ‘मिसेस नेपाल २०२०’ का लागि आवेदन खुला गरिएको छ ।

इप्लानेटले नियमित आयोजना गर्दै आएको विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘किसेस नेपाल २०२०’ आवेदन खुला गरिएको हो ।

आयोजनक इप्लानेट प्रालिले एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुला भएको जानकारी दिएकोक छ ।

ग्रिन आर्ट्स नेपालको संयोजन रहने प्रतियोगिताको यो वर्ष कोभिड-१९ को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुबै माध्यमबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताका लागि आवेदन प्राप्त व्क्ति मध्ये पनि आन्तरिक छनोटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र ‘मिसेस युनिभर्स २०१९’ प्रशिक्षण प्रदान गरिनेछ ।

उक्त प्रतियोगितामा २१ वर्षदेखि ५५ वर्ष उमेर बीचका विवाहित नेपाली महिलाले मात्र सहभागिता जनाउन पाउने आयोजक इप्लानेटले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस