मेयरमा संक्रमण पुष्टि भएपछि बर्दघाट नगरपालिका सिल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेयरमा संक्रमण पुष्टि भएपछि बर्दघाट नगरपालिका सिल


प्रशासन संवाददाता

२७ आश्विन २०७७, मंगलबार


परासी । मेयरलाई कोराना संक्रमण देखिएपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका सिल गरिएको छ।

सामान्य लक्षण देखिएपछि नगर प्रमुख धीरज शर्मा बस्यालले कोरोना परीक्षण गराउँदा पोजिटिभ देखिएको थियो। नगर प्रमुखलाई संक्रमण देखिएपछि मंगलबारदेखि नगरपालिकाका सबै सेवा बन्द गरिएको सूचना अधिकारी पुष्कर काफ्लेले जानकारी दिए।

नगरपालिकाका केही कर्मचारीमा पनि सामान्य लक्षण देखिएको छ। ‘मेयर साहेबलाई संक्रमण देखिएपछि सबै कर्मचारीको परीक्षण गरिने र परीक्षण रिपोर्ट नआउने बेलासम्म कार्यालयका सबै सेवा बन्द गरिएको छ। वडा कार्यालयहरुको काम भने सुचारु छ’, काफ्लेले भने। संक्रमित नगर प्रमुख बस्यालको अवस्था सामान्य छ। उनी होम आइसोलेसनमा छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस