सार्वजनिक सवारीको सबै सिटमा यात्रु राख्न खुला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सार्वजनिक सवारीको सबै सिटमा यात्रु राख्न खुला


२६ आश्विन २०७७, सोमबार


सचिव

काठमाडौँ । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएर सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको हो ।

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । आन्तरिक हवाई उडानमा पनि यही भनिएको भए पनि हवाई सेवा प्रदायक कम्पनीहरूले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् ।

दसैँको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सुरक्षा मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानै दरमा लिनुपर्ने निर्णय भएको छ ।

बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बैठकले आम नागरिकलाई जहाँ छ, त्यही दसैँ मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस