कमला नहरमा डुबेर एकको मृत्यु « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

कमला नहरमा डुबेर एकको मृत्यु


२६ आश्विन २०७७, सोमबार


लहान । सिरहाको कर्जनहा नगरपालिकास्थित कमला नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका–५ निवासी ३५ वर्षीय कासिम सदा रहेको प्रहरीले जनाएको छ ।

घर नजीकैको कमला नहरमा नुहाउन गएका सदा आइतबार साँझ बेपत्ता भएका थिए । खोजतलासका क्रममा आज बिहान सदाको शव फेला परेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ । सदाको शव नहरको उत्तरपट्टि बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस