शहीद हुनेहरू हो, बाँचेर त हेर, बाँच्न झन् गाह्रो छ, सरी…! – डा. भट्टराई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शहीद हुनेहरू हो, बाँचेर त हेर, बाँच्न झन् गाह्रो छ, सरी…! – डा. भट्टराई


प्रशासन संवाददाता

२१ आश्विन २०७७, बुधबार


काठमाडौँ । मङ्गलवार प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुबिनी प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भयो । अब बुटवलबाट राजधानी दाङको भालुवाङ सारिने भएको छ ।

यसैबीच बुधवार डा. बाबुराम भट्टराईले प्रदेशका नामप्रति असन्तुष्टि जनाएका छन् । उनले जातीयताका नामबाट प्रदेशको नाम नराखेको भन्दै असन्तुष्टि जनाउँदै शहिदहरुसँग क्षमा मागेका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भनेका छन्, ‘मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर, बाँच्न झन् गाह्रो छ”सरी ! लली रोका, सुरेश वाग्ले…।’  उनले माओवादी जनयुद्धमा राज्यपक्षबाट ज्यान गुमाएका शहिदहरु सुरेश वाग्ले, लली रोकालगायतसँग माफी मागे ।

डा. भट्टराईले हिजो मगरात, तमुवान, ताम्सालिंग, नेवा, स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री७खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी, गण्डकी, वागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पङ्क्ति याद आएको स्मरण गर्दै सामाजिक सञ्जालबाटै दुखेसो पोखे ।

यस्तै उनले प्रदेशका नाम नदी, भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति, भाषाको पहिचानमा राख्न नहुने, यो कहाँको मार्क्सवाद, लोकतन्त्र, संघीयता हो ? भन्दै प्रश्न गरेका छन् ।

अमेरिकामा अलास्का, एरोजन तथा भारतमा तामिलनाडु, बङ्गाल, पंजाब आदि अधिकांश जाति भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ? भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस