बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

२१ आश्विन २०७७, बुधबार


बुटवल । कोरोना भाइरस संक्रमणबाट बुटवलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको संक्रमितको आज बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल-५ का ७६ वर्षीय पुरुष र बुटवल-९ की ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

स्वास्थ्यमा समस्या भएपछि सुनवलबाटै पीसीआर परीक्षणका लागि असोज १५ गते स्वाब पठाई १६ गते पोजिटिभ नतिजा आएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको बुधवार बिहान १२ः ५० बजे मृत्यु भएको हो । उनलाई उच्च ज्वरो र उच्च रक्तचापको समस्या समेत रहेको गौतमले बताए ।

त्यसैगरी, श्वासप्रश्वासमा समस्या भएपछि असोज १७ गते लुम्बिनी प्रादेशिक अपतालमा ल्याई पीसीआर परीक्षणा गरिएकामा नतिजा पोजिटिभ आएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको बुधवार बिहान साढे ५ बजे मृत्यु भएको डा. गौतमले बताए । उनका अनुसार मृतकमा सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस