बिपी प्रतिष्ठानमा कोरोनाबाट पुरुषको निधन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बिपी प्रतिष्ठानमा कोरोनाबाट पुरुषको निधन


२० आश्विन २०७७, मंगलबार


धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा थप एक पुरुषको कोरोना सङ्क्रणबाट आज विहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुष रहेका प्रतिष्ठानका प्रवक्ता डा. आशिस श्रेष्ठले जानकारी दिए ।

मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।

योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ । हालसम्म धरानमा १० जनाको कोरोनाबाट निधन भएको धरान उपमहानगरपालिको स्वास्थ्य महाशाखाले जनाएको छ । सोमबार विहान प्रतिष्ठानमा तेह्रथुम र धरानका थप २ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस